रुसले राष्ट्रपति भ्लादिमिर पुटिन आवश्यक परे युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग वार्ताका लागि समेत तयार रहेको बताएको छ।
युक्रेन युद्ध अन्त्यका लागि विदेशमन्त्री तहमा अमेरिका र रुसबीच साउदी अरबमा वार्ता चलिरहँदा क्रेमलिनले यस्तो बताएको हो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले पत्रकारहरुसँग भने, ‘पुटिन आफैँले भन्नुभएको छ, आवश्यक परे उहाँ जेलेन्स्कीसँग वार्ताका लागि तयार हुनुहुन्छ।’
तर, जेलेन्स्कीको वैधतामाथि उनले प्रश्न उठाए।
‘तर, उनको वैधतामाथि प्रश्न उठ्न सक्छ,’ पेस्कोवले भने।
समयमा चुनाव नगरेका कारण जेलेन्स्की अवैध सत्ताधारी भएको रुसको तर्क छ। एजेन्सी
855
Shares

प्रतिक्रिया