इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गिजा पिरामिडनजिकै केरडासा क्षेत्रमा रहेको तीन तले भवनको दोस्रो तलामा विस्फोट भएको हो।
घाइतेहरूलाई नजिकैका अस्पतालमा लगिएको छ।
विस्फोटका कारण भएको आगलागी नागरिक सुरक्षा बलले निभाएको थियो।
ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
57
Shares

प्रतिक्रिया