ग्लोबल


बेलायतवासी गीतकार लीला सेलिङको ‘बाचा गरौँ न’ सार्वजनिक

बेलायतवासी गीतकार लीला सेलिङको ‘बाचा गरौँ न’ सार्वजनिक

मगेन्द्र राई
फागुन ४, २०८१ आइतबार १७:४१, बेलायत

मनुष्य जातिमा प्रेम त्यस्तो चिज हो जसले कठिनतामा ऊर्जा भरिदिन्छ। कडा परिश्रम गर्न सिकाउँछ र आवश्यक परे बलिदान दिन अग्रसर गराउँछ।

यही प्रेम दिवस अर्थात्‌ ‘भ्यालेन्टाइन डे’ दुई दिनअघि (१४ फेब्रुअरी) संसारभरका मानिसले हर्षोल्लासका साथ मनाएका छन्‌।

प्रेमलाई अझ प्रगाढ बनाउन दम्पतीहरूले, प्रेमीप्रेमिकाले एकआपस विभिन्न प्रकारका उपहार आदानप्रदान गरेर मनाए।

यही चाडको छेक पारेर बेलायतवासी साहित्यकार तथा गीतकार लीला सेलिङ माबोले भ्यालेन्टाइन डे स्पेसल ‘बाचा गरौँ न’ नामक लिरिकल भिडिओ दर्शक तथा स्रोतामाझ ल्याएकी छन्।
 

चर्चित गायिका अन्जु पन्तको स्वर रहेको लिरिकल भिडिओ लीलाकै  युट्युब च्यालनबाट गत शुक्रबार सार्वजनिक भएको हो।

उक्त रोमान्टिक गीतमा शब्द लीला सेलिङ माबोकै रहेको छ भने उदियमान युवा सङ्गीतकार पवन बान्तावा राईको सङ्गीत रहेको छ।

श्री माबो निर्माता रहेको गीतको रेकडिस्ट मनोज साङ्सोन राई र सुरेश राई रहेका छन्‌ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ।

लीलाद्वारा लिखित गतवर्ष करण राईको स्वरमा सार्वजनिक भएको म्युजिक भिडिओलाई १२ लाखभन्दा बढी दर्शकस्रोताले हेरेका छन्‌।

करिब अढाई दशकदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी लीलाले नेपाली, लिम्बु र अङ्ग्रेजी भाषामा (ट्रिलिङ्गुएल) कलम चलाउँछिन्‌।  उनले विशेषगरी गीत, कविता, डायरी तथा संस्मरण विधामा कलम चलाउँदै आएकी छन्‌।

समाजसेवामा समेत अग्रपंक्तिमा रहेकी लीला बेलायतवासीहरूमाझ चिरपरिचित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad