हमासले शनिबार ३ बन्धक छाडेको बदलामा इजरायलले ३६९ प्यालेस्टिनी कैदी रिहा गरेको छ।
टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, ती कैदीलाई विशेष प्रकारको टी-सर्ट लगाउन लगाएर रिहा गरिएको हो।
त्यसमा लेखिएको छ- 'हामी न बिर्सनेछौँ न क्षमा गर्नेछौँ।'
गाजामा जनवरी १९ देखि गरिएको युद्धविरामयता हमास र इजरायलले शनिबार (फेब्रुअरी १५) छैटौँपटक बन्धक र कैदी रिहा गरेका हुन्।
आजसमेत गरेर हमासले अहिलेसम्म २४ बन्धकलाई मुक्त गर्यो भने इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।
तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएन।
204
Shares

प्रतिक्रिया