राज्यमा फैलिएको हिंसा मत्थर पार्न नसकेको भन्दै आलोचना खेपिरहेका भारतको मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आइतबार राजीनामा दिएका छन्।
सिंहले आइतबार गृहमन्त्री अमित शाहसँग भेट गरेका थिए। नयाँ दिल्लीबाट फर्केलगत्तै उनले राजभवन पुगेर राज्यपाल अजयकुमार भल्लालाई राजीनामा बुझाएका हुन्।
उनीविरुद्ध कंग्रेसले अविश्वासको प्रस्ताव ल्याउने योजना बनाइरहेको बताइएको छ। जुन प्रस्तावमा सत्तापक्षकै सांसदहरुको समर्थन रहेको बताइन्छ।
सिंह २०१७ यता लगातार भाजपाका तर्फबाट मुख्यमन्त्री थिए। तर, डेढ वर्षयता मणिपुरमा चर्किएको जातीय हिंसामा उनको भूमिकालाई लिएर गम्भीर सवाल उत्पन्न भएका थिए।
विपक्षीले बारम्बार उनी असफल भएको भन्दै राजीनामा मागिरहेको थियो। एजेन्सी
915
Shares

प्रतिक्रिया