सलमान खानले एकपटक आफ्नो उडान दुर्घटना हुनबाट जोगिएको बताएका छन्।
सलमानले भने, ‘म जुन २०१० मा श्रीलंकामा भएको आईफा अवार्ड कार्यक्रममा भाग लिएर भारत फर्किरहेको थिएँ, त्यतिबेला उडान ४५ मिनेटसम्म टर्बुलेन्स ९हवाई तुफान) फसेको थियो। हवाईजहाज हल्लिरहेको थियो, त्यसैले म डराएँ। मलाई लाग्यो यो दुर्घटनाग्रस्त हुनेछ।’
सलमानका अनुसार त्यतिबेला उनका भाइ सोहेल खान पनि मसँगै थिए। तर उनी ढुक्कसँग सुतिरहेका थिए। सलमानले यी कुरा आफ्ना भतिजा तथा अरबाजका छोरा अरहान खानको पोडकास्टमा भनेका हुन्।
‘म धेरै डराएको थिएँ’
सलमानले भने, ‘मैले एयर होस्टेसलाई हेरेँ, उनी प्रार्थना गरिरहेकी थिइन्। त्यसपछि मैले सोचेँ– हे भगवान्! पाइलटहरू पनि तनावग्रस्त देखिन्थे, तिनीहरू सामान्यतया धेरै शान्त हुन्छन्। मलाई लाग्यो- मैले यो चलचित्रहरूमा मात्र देखेको थिएँ।
Shares

प्रतिक्रिया