ग्लोबल


ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

नेपालखबर
माघ २७, २०८१ आइतबार १२:४३, वासिङ्टन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमा प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताएका छन्। 

शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने बताएका हुन्। 

‘म त्यसो गर्न चाहन्नँ’, उनले भने, ‘म उहाँलाई एक्लै छोडिदिन्छु। उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ। उहाँकी श्रीमती भयानक हुनुहुन्छ।’

यो बयान ह्यारीको भिसासम्बन्धी कानुनी चुनौतीहरूका बीच आएको हो। विशेषगरी हेरिटेज फाउन्डेसनले उनको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानुनी लागुपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ। 

न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उनलाई ‘एक महान् युवा’ भनेको उल्लेख गरेको छ। 

दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गरेका थिए। उक्त भेट ह्यारी र उनकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो।

ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक हुन्। मर्केलले अघिल्लो सार्वजनिक बयानमा उनलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भनेका थिए भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गरेका छन्।

‘मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ’, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गरेको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ।

हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागुपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उनको इमानदारीमा प्रश्न उठाएको छ।

हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने, ‘संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन’, न्युयोर्क पोस्टले उल्लेख गरेको छ।

रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सरेका थिए र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ। त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad