ग्लोबल


नौ चरणको मतगणना सकिँदा केजरीवाल झन्डै १२ सय मतले पछाडि

नौ चरणको मतगणना सकिँदा केजरीवाल झन्डै १२ सय मतले पछाडि

भाजपा उम्मेदवार प्रवेश वर्मा र आपका उम्मेदवार अरविन्द केजरीवाल


नेपालखबर
माघ २६, २०८१ शनिबार १२:३८, काठमाडौँ

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ।

भारतीय सञ्चारमाध्यमले अपडेट दिइरहेका छन्। 

यस क्रममा आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाल उठेको नयाँ दिल्ली सिटको नयाँ अपडेट आएको छ।

दिउँसो १२ बजेसम्मको मतपरिणामअनुसार भारतीय जनता पार्टी (भाजपा) का प्रवेश वर्माले अग्रता बढाएका छन्।

उनले केजरीवाललाई झन्डै १२ सय अर्थात् ११७० मतले पछि पारिरहेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म वर्माले १९२६७ मत पाउँदा केजरीवालले १८०९७ मत ल्याएका छन्। 

यस्तै सन्दीप दीक्षितले ३११३ मत प्राप्त गरेका छन्।

अहिलेसम्म नयाँ दिल्ली सिटमा ९ चरणको मतगणना सम्पन्न भएको छ। मतगणनाका अझै धेरै चरण बाँकी भए पनि प्रारम्भिक नतिजाले आपमा चिन्ता बढाएको छ।

अहिलेसम्मको मतगगणनामा दिल्ली विधानसभा ७० सिटमध्ये भाजपा ४२ सिटमा अगाडि र आम आदमी पार्टी २८ सिटमा अगाडि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर कंग्रेस अहिलेसम्म एउटा सिटमा पनि अगाडि देखिएको छैन। 

दिल्लीमा २७ वर्षपछि फेरि भाजपाले सरकार बनाउने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad