चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ।
सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साङ्घाई एआई उद्योग सङ्घ (एसएआईए) ले जनाएको छ।
उक्त सम्मेलन एआई मोडल, कम्प्युटिङ पावर र सफ्टवेयर प्लेटफर्मसहित अत्याधुनिक प्रविधिमा केन्द्रित हुनेछ।
सम्मेलनमा सहभागी विकासकर्ता समुदायले हार्डवेयर विकास, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्ग्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, ब्लकचेन र मेटाभर्स जस्ता विविध क्षेत्रले प्रतिनिधित्व गर्नेछन्।
हगिङ फेस, माइक्रोसफ्ट डेभलपर कम्युनिटी, अलिबाबाको मोडलस्कोप कम्युनिटी र हुवावेई कम्युनिटी जस्ता विश्वका अग्रणी समुदायहरूले कार्यक्रमभर विभिन्न आकर्षक गतिविधिहरू आयोजना गर्नेछन्।
एसएआईएका अनुसार डिपसिक टोलीले पनि सम्मेलनमा भाग लिनेछ। सम्मेलनले विकासकर्ताहरूलाई उद्योग विशेषज्ञसँग जोडिने र विचारहरू आदानप्रदान गर्ने मौका दिनेछ।
एसएआईए महासचिव झोङ जुनहाउका अनुसार द्रुत प्राविधिक विकासको गतिलाई कायम राख्न सम्मेलन यस वर्षबाट सुरु हुने वार्षिकबाट द्विवार्षिक कार्यक्रममा परिवर्तन हुनेछ।
अर्को सत्र शरद् ऋतुको लागि तय गरिएको छ। रासस/सिन्ह्वा
Shares

प्रतिक्रिया