ग्लोबल


भारतको मध्यप्रदेशमा लडाकु विमान दुर्घटना

भारतको मध्यप्रदेशमा लडाकु विमान दुर्घटना

दुर्घटनाग्रस्त लडाकु विमान


नेपालखबर
माघ २४, २०८१ बिहिबार २०:४८, काठमाडौँ

भारतस्थित मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार लडाकु विमान दुर्घटना भएको छ।

बिहीबार दिउँसो शिवपुरीको करैरा प्रहरी चौकी क्षेत्रअन्तर्गत सुनरी चौकीनजिकै उक्त विमान दुर्घटना भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार यो विमान दुई सिट भएको मिराज २००० थियो।

दुर्घटनामा दुवै पाइलट घाइते भएका छन्। 

यसबारे भारतीय वायुसेनाले विज्ञप्तिमा जारी गरी भनेको छ,‘प्राविधिक त्रुटिका कारण मिराज २००० शिवपुरी ग्वालियरमा दुर्घटनाग्रस्त भयो।’

‘यो नियमित प्रशिक्षण उडानमा थियो। दुवै पाइलट सुरक्षित छन्। घटना अनुसन्धान गर्न कोर्ट अफ इन्क्वायरी गठनको आदेश जारी गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad