इजरायलका राष्ट्रपति इज्याक हर्जाेगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जाेगले यो कुरा बताएका हुन्।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति हर्जाेगसँग राजदूत पण्डितको मंगलबार साँझ कुराकानी भएको थियो।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन कुराकानीमा अन्य कुराकानीका अलावा राष्ट्रपति हर्जाेगले हमासद्वारा बन्दी बनाइएका अन्यका अलावा नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीको सक्दो प्रयास गरिरहेको छ।’
परराष्ट्र मन्त्रालयको विज्ञप्ति:

840
Shares

प्रतिक्रिया