जेलबाट भागेको कसुरमा पूर्वबेलायती सैनिक डानियल खलिफालाई १४ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ।
उनलाई जेलबाट भागेको ७५ घण्टाभित्रै पक्राउ गरिएको थियो।
यसअघि उनी इरानका लागि जासुसी गरेको अभियोगमा जेलमा थिए।
१६ वर्षकै उमेरमा सेनामा भर्ती भएका डानियल खलिफाले लगत्तै इरानसँग विशेष बलका सैनिकको नामसहित अन्य संवेदनशील जानकारी सार्वजनिक गर्न थाले।
हाल २३ वर्षका खलिफालाई जनवरी २०२३ मा इरानका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको थियो।
यसपछि उनी जेलबाट भागे। गत वर्ष नोभेम्बरमा उनलाई जासुसी मुद्दामा दोषी ठहर्याइएको थियो।
423
Shares

प्रतिक्रिया