कारोबार


सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख

सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८१ मंगलबार ८:३१, पाल्पा

पाल्पामा यो वर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको  छ।

केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीका अनुसार अघिल्लो वर्षभन्दा  ३३७ मेट्रिक टन बढी उत्पादन भएको हो। गत वर्ष आठ हजार ८६१ मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो।

‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका छन्’, उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ।’

यो वर्ष रैनादेवीछहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिक टन, रिब्दिकोटमा ३९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन र बगनासकालीमा ११३ हेक्टरमा ९१० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यस्तै पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार १९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो। जिल्लाका दश पालिकामध्ये छवटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ। अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad