ग्लोबल


अयोध्यामा २२ वर्षीया दलित युवतीको बीभत्स हत्याले पत्रकार सम्मेलनमै रोए सांसद

अयोध्यामा २२ वर्षीया दलित युवतीको बीभत्स हत्याले पत्रकार सम्मेलनमै रोए सांसद

अयोध्यामा २२ वर्षीया दलित युवतीको घटनाबारे आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दागर्दै भक्कानिएर राेएका समाजवादी पार्टीका नेता तथा सांसद अवधेश प्रसाद।


नेपालखबर
माघ २०, २०८१ आइतबार १९:२९, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा २२ वर्षीया दलित युवतीको निर्मम हत्या भएपछि समाजवादी पार्टीका नेता तथा सांसद अवधेश प्रसाद पत्रकार सम्मेलनमै धुरुधुरु रोएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार आइतबार घटनाबारे आयोजित पत्रकार सम्मेलनमा सांसद अवधेश प्रसाद भावुक हुँदै रोएका हुन्। 

उनले रुँदै भने, ‘हामीलाई दिल्ली जान दिनुहोस्। हामी हाम्रो मुद्दा लोकसभामा मोदीसमक्ष राख्नेछौँ। यदि हामीले न्याय पाएनौँ भने हामी लोकसभाबाट राजीनामा दिनेछौँ।’

उनले अगाडि भने, ‘हामी हाम्रा छोरीको जीवन बचाउन असफल भइरहेका छौँ। इतिहासले के भन्ला?’

शनिबार अयोध्यामा एक दलित युवतीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।

परिवारका अनुसार मृतकको आँखा निकालिएको र उनको शरीरको हड्डी पनि भाँचिएको अवस्थामा भेटिएको थियो।‍

अधिकारीहरूले ती युवतीलाई सामूहकि आक्रमण नै भएको आशंका गरेका छन्। 

बिहीबार साँझदेखि बेपत्ता ती युवती परिवारले खोजिरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad