ग्लोबल


हमासले छाड्यो थप ३ बन्धक

हमासले छाड्यो थप ३ बन्धक

गाजामा रिहा भएपछि इजरायली हेलिकप्टरले किथ सिगेललाई अस्पताल पुर्‍यायो।


नेपालखबर
माघ १९, २०८१ शनिबार १८:५४, काठमाडौँ

युद्धविराम सम्झौताअनुसार गाजास्थित प्यालेस्टिनी समूह हमासले शनिबार थप तीन इजरायली बन्धकलाई मुक्त गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रिहाह हुनेमा ३४ वर्षीय यार्डेन बिबास, ५३ वर्षीय ओफर काल्डेरोन र ६५ वर्षीय किथ सिगेल छन्।

हमासले शनिबार मुक्त गरेका बन्धकहरू बायाँबाट क्रमश: ओफर काल्डेरोन, किथ सिगेल र यार्डेन बिबास

यी तीन जनालाई हमासले रेडक्रसको जिम्मा लगाएको हो।

इजरायली जेलमा रहेका १८३ प्यालेस्टिनी कैदी रिहा गरेकको सट्टामा हमासले यी तीन बन्धक छाडेको हो। 

जनवरी १९ यता हमास र इजरायलबीच गाजामा युद्धविराम विराम छ। 

सम्झौताअन्तर्गत शनिबार चौथोपटक कैदी-बन्धक आदानप्रदान गरिएको हो। 

यसअघि तीनपटक गरेर हमाले १५ बन्धक छाडेको थियो भने बदलामा बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो।  आजको समेत गर्दा हमासले १८ बन्धक र इजरायलले ४७३ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। 

युद्धविराम सम्झौताअनुसार ६ हप्ताभित्र हमासले कूल ३३ जना बन्धक छाड्नुपर्नेछ। 

यसबीच हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी पनि मुक्त हुने आशा गरिएको छ। तर चौथो खेपमा समेत उनी परेनन्। 

इजरायलका सञ्चारमाध्यमका अनुसार हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भइसकेको छ। तर विपिन जोशी जीवितै रहेको इजरायली अधिकारीले बताइरहेका छन्। 

हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई  लगेको थियो।

आक्रमणका बेला १० नेपाली विद्यार्थी भने मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad