ग्लोबल


विदेशी सरकारसँग घुस खाएको अभियोगमा अमेरिकी पूर्वसिनेटरलाई ११ वर्ष जेल

विदेशी सरकारसँग घुस खाएको अभियोगमा अमेरिकी पूर्वसिनेटरलाई ११ वर्ष जेल

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १९:२२,

विदेशी सरकारलाई अमेरिकाको सहयोग उपलब्ध गराएबापत घुस खाएको आरोपमा दोषी ठहर अमेरिकाका एक पूर्वसिनेटरलाई ११ वर्षको जेल सजाय सुनाइएको छ। न्यु जर्सीका पूर्वसिनेटर बब मेनेन्डेज गत जुलाईमा दोषी ठहर भएका थिए।

उनले घुसवापत १ लाख डलरभन्दा बढीको सुन र ४ लाख ८० हजार नगद स्वीकार गरेको एफबीआईको भनाइ दियो।

सट्टामा मेनेन्डेजले इजिप्ट सरकारलाई करोडौँ डलर अमेरिकी सहयोग उपलब्ध गराउन सहयोग गरेको अभियोग पत्रमा उल्लेख थियो। सिनेटको शक्तिशाली फरेन रिलेसन्स कमिटीको नेतृत्व गरेका उनले अगस्टमा सदनबाट राजीनामा दिएका थिए। 

अभियोक्ताहरूले उनलाई कम्तीमा १५ वर्ष सजाय हुनुपर्ने माग गरेका थिए। तर ७१ वर्षीय मेनेन्डेजका वकिलहरूले कम सजाय दिन माग गरेका थिए।

न्यायाधीशले सजाय सुनाउनुअघि मेनेन्डेज अदालतमा रोएका थिए।

‘परिवारका अलावा मैले सबथोक गुमाएँ,’ उनले भनेका थिए।

सजाय सुनाइँदा मेनेन्डेजका छोरा प्रतिनिधि सभा सदस्य रब मेनेन्डेज र छोरी एमएसएनबीसी टेलिभिजनकी प्रस्तोता एलिसिया मेनेन्डेज अदालतमा उपस्थित थिए।

मेनेन्डेजसँग इजिप्ट सरकारको सम्झौता गराएको आरोप लागेका व्यवसायी वायल हानालाई ८ वर्ष र उनलाई सुन र नगद पुर्‍याएको आरोप लागेका फ्रेड डाइबेसलाई ७ वर्ष सजाय सुनाइएको छ।

मेनेन्डेजले भने आफूले गलत नगरेको दाबी गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad