विमान र हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनामा कोही पनि नबाँचेको अधिकारीहरूले बताएका छन्।
हालसम्म २८ शव निकालिएको र उद्धारकर्ताहरूको ध्यान बाँकी शव निकाल्नुमा रहेको डीसी फायर एन्ड इमर्जेन्सी सर्भिस चिफ जोन डोनेलीले बताएका छन्।
‘हामी त्यो विन्दुमा आइपुग्यौँ, जहाँबाट हामी उद्धार कारबाहीबाट खोजतलास कारबाहीतर्फ मोडिएका छौँ। यतिखेर यो दुर्घटनामा कोही पनि जीवित छन् भन्ने विश्वास हामीलाई छैन,’ बिहीबार बिहानको पत्रकार सम्मेलनमा उनले भने।
उनले विमानका २७ र हेलिकोप्टरका एक जनाको शव निकालिएको जानकारी पनि दिए।
विमानमा जम्मा ६४ र हेलिकोप्टरमा ३ जना सवार थिए।
अनुसन्धानकर्ताहरूको ध्यान अहिले हेलिकोप्टर किन विमान उड्ने मार्गमा आइपुग्यो भन्नेमा केन्द्रित छ।
अधिकारीहरूले आकाश खुला रहेको र दुवै पाइलट अनुभवी रहेको बताएका छन्।
दुर्घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रश्न उठाएका छन्।
Shares

प्रतिक्रिया