अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विद्यालय तथा क्याम्पसमा हुने यहुदीविरोधी भावना अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
ट्रम्पले बिहीबार भने, ‘प्यालेस्टिनीहरूको समर्थनमा विरोध प्रदर्शनमा भाग लिने गैरअमेरिकी नागरिकहरूलाई देश निकाला गरिनेछ।’
आदेशमा अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणपछि ‘अमेरिकी शैक्षिक संस्थाहरूमा यहुदीविरोधी भावनाको विस्फोट’ भएको उल्लेख गरिएको छ।
बीबीसीका अनुसार आदेशले यहुदीविरोधी उत्पीडन र हिंसाका दोषीहरूलाई मुद्दा चलाउन उपलब्ध सबै कानुनी विकल्प प्रयोग गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ।
ट्रम्पले भने, ‘यी विरोध प्रदर्शनमा सहभागी भएकाहरूलाई हामी भन्न चाहन्छौँ- हामी तपाईंलाई खोज्नेछौँ र फिर्ता पठाउनेछौँ।’
उनले थपे, ‘म हमासप्रति सहानुभूति राख्नेको विद्यार्थीको भिसा तुरुन्तै रद्द गर्नेछु, जो कुनै बेला कट्टरपन्थीबाट प्रभावित थिए।’
Shares

प्रतिक्रिया