अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको छ। यो जानकारी संघीय उड्डयन प्रशासनले दिएको हो।
बीबीसीका अनुसार यो विषयमा अनुसन्धान भइरहेको छ। दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमाथि भएको हो।
रेगन एयरपोर्टले एक्समा लेखेको छ- हालका लागि सबै उडान रोकिएका छन्।
वासिङ्टन डीसीको आपत्कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ। त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देखिएका छन्।
डीसी फायर एन्ड ईएमएस विभागका अनुसार डीसी हुँदै गइरहेको विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको हो।
विभागले एक्समा लेखेको छ- फायरबोटले नदीमा विमान खोजिरेहका छन्।
दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
681
Shares

प्रतिक्रिया