ग्लोबल


महाकुम्भ मेलाको भागदौडमा ३० जनाको मृत्युः सरकार

महाकुम्भ मेलाको भागदौडमा ३० जनाको मृत्युः सरकार

भागदौड स्थलनजिकैको पिपा पुलमा भेला भएका मानिस।


नेपालखबर
माघ १६, २०८१ बुधबार २०:१८, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएको १७ घण्टापछि स्थानीय सरकारले यो  दुर्घटनामा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ मेला अधिकृत विजय किरण आनन्द र डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरी भागदौडमा ३० जनाको मृत्यु भएको जानकारी दिएका हुन्। 

डीआईजी वैभव कृष्णले भने, ‘भागदौडमा ३० जना भक्तजनको मृत्यु भयो। ६० जना घाइते भएका छन्। २५ वटा शवको पहिचान भइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा धेरै १९ जना उत्तर प्रदेशका, ४ जना कर्नाटकका र १/१ जना गुजरात र आसामका छन्।’

मेला अधिकृत विजय किरण आनन्दले महाकुम्भमा आएका भक्तजनहरूलाई फिर्ता पठाउने काम भइरहेको बताए।

भक्तजनहरू मौनी अमावस्यामा स्नान गर्न संगमको किनारमा पर्खिरहेका बेला मंगलबार राति करिब १:३० बजे भागदौड मच्चिएको थियो। 

भागदौड हुनुका २ सम्भावित कारण

-अमृत ​​स्नानका कारण धेरैजसो पोन्टुन पुल बन्द थिए। जसले गर्दा संगम नोजमा लाखौँको भीड जम्मा हुन थाल्यो। यस क्रममा केही मानिस ब्यारिकेडमा अड्किएर लडे। यो देखेर भागदौड मच्चियो।

-संगम नोजमा छुट्टाछुट्टै प्रवेश र निकास मार्ग थिएनन्। मानिसहरू जुन बाटोबाट आउँदै थिए त्यही बाटोबाट फर्किरहेका पनि थिए। यस्तो अवस्थामा भागदौड हुँदा भाग्ने कुनै मौका थिएन। जसका कारण उनीहरू एकअर्कामाथि लडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad