उत्तर एटलान्टिक सैन्य संगठन (नेटो) का महासचिव मार्क रुटले सो गठबन्धन संकटमा रहेको बताएका छन्। उनले सदस्य राष्ट्रहरूलाई तत्काल रक्षा बजेट बढाउन पनि आग्रह गरे।
अहिले सदस्य मुलुकहरूले जीडीपीको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गरिरहेका छन्। तर, त्यसभन्दा धेरै रकम छुट्याउनुपर्ने रुटको भनाइ छ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि नेटोको भविष्यबारे सन्देह प्रकट गरिँदै गर्दा उनले यस्तो बताएका हुन्।
‘यहाँनेर हामी साँच्चै संकटमा छौँ,’ उनले डाभोसमा भने, ‘पैसा छिटो खर्च गरिन आवश्यक छ।’
नेटोले अब ज्यादा पर्खिन नसक्ने उनको भनाइ थियो।
कति खर्च गर्ने भन्ने कुरा यही वर्ष टुंगो लगाउने तर त्यो २ प्रतिशतभन्दा निकै धेरै हुने उनले बताए।
‘हामी साँच्चै खराब स्थितिमा छौँ,’ रुटले भने।
339
Shares

प्रतिक्रिया