राजनीति


पूर्वमुख्यमन्त्री थापालाई हातपात गर्ने २ कर्मचारी २५ सय धरौटीमा छुटे

पूर्वमुख्यमन्त्री थापालाई हातपात गर्ने २ कर्मचारी २५ सय धरौटीमा छुटे

फाइल फोटो/ पूर्वमुख्यमन्त्री थापा


नेपालखबर
माघ १०, २०८१ बिहिबार २१:५२, काठमाडौँ

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापामाथि हातपात गर्ने दुवैजना रिहा भएका छन्।

नेपाल विद्युत् प्राधिकरणका सवारी चालक र सहयोगी जनही २ हजार ५ सय रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो। प्रशासनले बिहीबार दुवै जनासँग धरौटी माग गरेर रिहा गरिदिएको हो।

गत शनिबार झापाको सुरुङ्गामा गाडी ओभरटेक गर्ने विषयमा विवाद हुँदा ती कर्मचारीले पूर्वमुख्यमन्त्री थापालाई हातपात गरेका थिए। थापाको आँखामाथि चोट लागेको थियो।

आरोपितले बाटो सानो भएका कारण थापा चढेको गाडीलाई साइड दिन नसकिएको बयान दिएका छन्। उनीहरूले मुख्यमन्त्रीलाई कुटपिट गर्ने भन्दा पनि धकेलेर अगाडी बढ्न खोज्दा चोट लागेको बयान दिएका छन्।

यता मुख्यमन्त्री थापाले यस विषयमा प्रदेश सभा बैठकमै जवाफ समेत दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad