ग्लोबल


बमको धम्की आएपछि बंगलादेश एयरलाइन्सको विमान आकस्मिक अवतरण

बमको धम्की आएपछि बंगलादेश एयरलाइन्सको विमान आकस्मिक अवतरण

नेपालखबर
माघ ९, २०८१ बुधबार १५:१२, ढाका

इटालीको रोमबाट ढाकाका लागि उडेको बंगलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ।

ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यस्तो धम्की दिइएको हो। 

विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे। 

रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए। 

विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो।

विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad