अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने विचार गरिरहेको बताएका छन्।
राष्ट्रपति कार्यालयमा आफ्नो दोस्रो कार्यकालको पहिलो दिन चिनियाँ आयातबारे पत्रकारहरूको प्रश्नमा ट्रम्पले उक्त बयान दिएका हुन्।
उनले यो शुल्क फेब्रुअरी १ देखि लागू गर्ने विचार भइरहेको बताएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीनले अमेरिकामा फेन्टानिलजस्ता औषधि पठाउँदै संकट सिर्जना गरिरहेको आरोप लगाए।
यसबाहेक उनले मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत भन्सार लगाउने चेतावनी पनि दिएका छन्।
ट्रम्पले यी दुवै देशलाई अवैध आप्रवासी र लागुपदार्थलाई अमेरिका आउन दिएको आरोप पनि लगाएका छन्।
516
Shares

प्रतिक्रिया