कारोबार


सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोक्ने निर्णयप्रति पर्यटनमन्त्री असन्तुष्ट, संविधान विपरित भएको आरोप

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोक्ने निर्णयप्रति पर्यटनमन्त्री असन्तुष्ट, संविधान विपरित  भएको आरोप

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८१ बुधबार १२:३७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने/नदिने बारेमा निर्णय लिन नसक्ने बताएका छन्।

मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताए।

तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु  भन्दै प्रश्न समेत गरे। ‘सगरमाथा राष्ट्रिय निकुञ्जको कुरा आयो, त्यो गलत भएको छ,’ मन्त्री पाण्डेले भने, ‘त्यो बढाइचढाईपूर्ण कुरा हो। अब तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने त कहाँ कहाँ नउडाउने? रारामाथि नउडाउने की? बर्दियामाथि नउडाउने की? चितवनमाथि नउडाउने की, यहाँ शिवपुरीमाथि नउडाउने? गोकर्णमाथि नउडाउने की? हाम्रो सगरमाथा क्षेत्रमा दुनियाँ किन आएको छ भन्दा हिमाल हेर्नका लागि आउँछन्। त्यहाँका जनावरमा देखिएको परिवर्तन, स्कुलका विद्यार्थीलाई भएको असर, त्यहाँको ध्वनी प्रदुषण त्यहाँको ग्लोवल वार्मिङलाई हेलिकप्टर चलेको कारणले गर्ने असर। बरु के चाहीँ गर्न सकियो भने नियमनको कुरामा अझ हामीले ध्यान दिनेकुरा ठिक छ।’ 

उनले थपे, ‘तर निकुञ्ज बसेर, मध्यवर्ती बसेर, गाउँपालिका बसेर हेलिकप्टर चल्दैन यो आकाशमा भन्नेकुरा सरासर नीतिगत हिसावले पनि पर्यटकीय र पर्वतारोहणलाई हामीले प्रवद्धन गर्ने हिसावले पनि त्यो गलत छ। नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार पनि त्यो गलत छ।’

पाण्डेले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई ध्वस्त पार्ने काम भएको समेत आरोप लगाए। संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई अघि बढाएर नेपालको पर्यटन क्षेत्रबाट फाइदा लिनुपर्ने बताउनु बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad