ग्लोबल


डब्ल्यूएचओबाट अमेरिकालाई अलग गर्ने ट्रम्पको निर्णय

डब्ल्यूएचओबाट अमेरिकालाई अलग गर्ने ट्रम्पको निर्णय

नेपालखबर
माघ ८, २०८१ मंगलबार ९:५३, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन्।

बीबीसीका अनुसार उक्त आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो।’

अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ।

ट्रम्पले डब्ल्यूएचओलाई संकेत गर्दै भने, ‘उनीहरू हामीलाई फर्काउन चाहन्छन्, त्यसैले के हुन्छ हेरौँ।’

उनको यो भनाइलाई केही समयपछि अमेरिका डब्ल्यूएचओमा फर्कने संकेत मानिएको छ। 

अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार पदको शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न झन्डै १५०० जनालाई माफी दिने आदेश पनि जारी गरिसकेका छन्।

यस्तै उनले टिकटकसम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। 

शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad