डोनाल्ड ट्रम्पले सोमबारदेखि दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका छन्।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन्।
सो अवसरमा उनले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी गरे।
ट्रम्पले भने, ‘भविष्य हाम्रो हो। र, हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ।’
उनले अगाडि भने, ‘आज म तपाईंहरूका अगाडि उभिएको छु, यो अब तपाईंले कुनै पनि कुरा असम्भव छ भनेर ठान्न पर्दैन भन्ने प्रमाण हो।’
अमेरिका असफल नहुने दाबी उनले गरे।
उनले गरे, ‘आजका दिनदेखि, अमेरिका एक स्वतन्त्र, सार्वभौम र स्वतन्त्र राष्ट्र हुनेछ।’
आफ्नो भाषणमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइ छुने दाबी पनि गरे।
आफ्नो भाषणमा पानामा नहर उल्लेख गर्दै उनले भने, 'हामीले यो चीनलाई दिएका छैनौँ। हामी यो फिर्ता लिँदै छौँ।’
Shares

प्रतिक्रिया