ग्लोबल


हमासले छाड्यो ३ बन्धक, इजरायलमा उल्लास

हमासले छाड्यो ३ बन्धक, इजरायलमा उल्लास

नेपालखबर
माघ ६, २०८१ आइतबार २१:४५,

युद्धविराम लागू भएको पहिलो दिन हमासले तीनजना इजरायली बन्धक मुक्त गरेको छ।

हमासको हातबाट उनीहरूलाई रेड क्रसले लगेर गाजामा इजरायली सेनालाई जिम्मा लगाएको हो।

इजरायली सेनाले अहिले इजरायल लगिँदै गरेको बताएको छ।

‘फर्किएका ३ जनालाई इजारयली सेनाको टुकडीले इजरायलतर्फ लैजाँदैछ, जहाँ उनीहरूको स्वास्थ्य जाँच गरिनेछ,’ इजरायली सेनाले भनेको छ।

रेडक्रसले छाडिएका तीनजनाको स्वास्थ्य राम्रो रहेको बताएको छ।

मुक्त हुने तीनै जना बन्धक महिला हुन्। उनीहरूमा ३१ वर्षीय भेटरिनरी नर्स दोरोन स्टाइनबर्चर, २८ वर्षीया एमिली दमारी र २४ वर्षीया रोमी गोनन छन्। 

उनीहरूको मुक्तिसँगै इजरायलमा खुसी छाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad