कारोबार


नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

नेपालखबर
माघ ६, २०८१ आइतबार २१:४८, काठमाडौँ

नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू, क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडकोम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन्।

बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायत व्यक्तिहरूको उपस्थितिमा विभान्त काठमाडौँमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ।

दुबै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन्। यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न, उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ।

कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडकोम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले यस साझेदारीको महत्त्वलाई प्रकाश पारे।

‘आजका क्लाइन्टहरुलाई विज्ञापन भन्दा बढी पनि अरु केही चाहिन्छ – उनीहरूलाई आफ्ना दर्शकहरूसँग अर्थपूर्ण योजनाहरू निर्माण गर्न रणनीतिहरू चाहिन्छ। यो मागलाई सम्बोधन गर्न स्ट्राटेजी सेन्ट्रलको स्थापना भएको थियो र क्रियोसँगको साझेदारीले नेपालमा हाम्रो विचार विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ।’

नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन् जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन्। शार्क ट्याङ्क बंगलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ।

उनले साझा गरे को यो साझेदारीले क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यसँगको उनको लामो समयको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछः ‘घरेलु ब्रान्डहरू उचाइमा पुर्‍याउने हाम्रो साझा दृष्टिकोण दुई दशकभन्दा लामो समयदेखिको प्रयास हो र यसलाई आकार दिन पाउँदा म हर्षित छु।’

क्रियोका निर्देशक र आउटरिचका संस्थापक, उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए।

‘नेपाल एक युनिक मार्केट हो, तर स्थानीय ब्रान्डहरूले बहुराष्ट्रिय र क्षेत्रीय ब्रान्डहरूको कडा प्रतिस्पर्धाको बिचमा आफूलाई टिकाउन अक्सर सङ्घर्ष गर्नुपर्छ। यो साझेदारी नेपाली ब्रान्डहरू स्पष्ट, सरल र प्रभावकारी रणनीतिका साथ सफल हुन सहयोग गर्न हाम्रो प्रतिबद्धता हो।’

साझेदारीले अर्को दुई वर्षको लागि महत्त्वाकाङ्क्षी लक्ष्यहरू सेट गर्दछ, मुख्य घरेलु ब्रान्डहरू र स्टार्ट–अपहरसँग सहकार्य गर्ने लक्ष्य राख्दै, तिनीहरूलाई बजारमा फस्टाउन रणनीति र ब्रान्डिङ सम्बन्धित सेवारू प्रदान गर्नेछ।

स्ट्राटेजी सेन्ट्रलका संस्थापक र प्रबन्ध निर्देशक शाहरियार रहमानले आफ्नो दृष्टिकोण साझा गरी भने,‘हाम्रो सोचाई सरल छ – ब्रान्डिङ प्रयासहरू वृद्धि गर्न उन्नत अभ्यासहरू र प्रविधिहरूको लाभ उठाउँदै आधारभूत कुराहरूमा ध्यान केन्द्रित गर्नु हो।’

नेपाली ब्रान्डहरूको भविष्यलाई साकार पार्ने साझा प्रयासका साथ, यो सहकार्यले देशभरका व्यवसायहरूका लागि नयाँ अवसरहरू अनलक गर्ने वाचा गर्दछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad