ग्लोबल


प्रतिबन्ध लागू हुनुअघि अमेरिकामा टिकटक बन्द

प्रतिबन्ध लागू हुनुअघि अमेरिकामा टिकटक बन्द

नेपालखबर
माघ ६, २०८१ आइतबार १६:३४,

प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि अमेरिकामा टिकटक बन्द भएको छ।

‘माफ गर्नुहोस्, अहिले टिकटक उपलब्ध छैन। टिकटक प्रतिबन्ध लगाउने कानुन अमेरिकामा लागू भएको छ। दुर्भाग्यवश, त्यसको अर्थ तपाईंले अहिलेलाई टिकटक प्रयोग गर्न सक्नुहुन्न,’ अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा यस्तो सन्देश पाएका छन्।

बाइडेन प्रशासनले चिनियाँ सरकारसँग टिकटकको सम्बन्ध रहेको भन्दै टिकटक अमेरिकी कम्पनीलाई बेच्न, अन्यथा प्रतिबन्ध लागू गर्ने कानुन बनाएको छ। 

प्रतिबन्धमाथिको चुनौतीलाई शुक्रबार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै टिकटक प्रतिबन्धको बाटो खुलेको थियो।

तर, सोमबार डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि उनले ९० दिनका लागि प्रतिबन्ध टार्न सक्ने बताइएको छ।

‘९० दिने व्यवस्था गरिने सम्भावना सबैभन्दा ज्यादा छ,’ ट्रम्पले शनिबार भनेका छन्, ‘यदि मैले त्यो निर्णय गरेँ भने सोमबार घोषणा गर्नेछु।’

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता भएको बताइन्छ। उनीहरूमध्ये कयौँ प्रतिबन्धको त्रासले अर्को चिनियाँ एप रेडनोटमा बसाइँ सरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad