कारोबार


२६ सय अंकमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम ६ अर्बभन्दा बढी

२६ सय अंकमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम ६ अर्बभन्दा बढी

नेपालखबर
माघ ६, २०८१ आइतबार १६:४६, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २ हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ। आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अंकले बढेर दुई हजार छ सय एक दशमलव २१ अंकमा पुगेको हो।
    
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा रु छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन्। आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ।
    
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले बढेको छ।
    
साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य छ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको छ दशमलव ४५ प्रतिशतले घटेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad