गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र हमासबीच सम्झौता भए पनि आक्रमण जारी छन्।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले हवाई आक्रमण गरेको दाबी गरेको हो।
नागरिक रक्षा एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको बताएको छ।
इजरायली सेनाले यसबारे अहिलेसम्म केही भनेको छैन।
बीबीसीका अनुसार युद्धविराम सम्झौता आइतबारदेखि मात्र लागू हुनेछ।
120
Shares

प्रतिक्रिया