दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक-योल गिरफ्तारी भएपछि उनका विरोधी खुसी भएका छन्।
सैन्य शासन लागू गर्ने असफल प्रयासपछि महाभियोगबाट निलम्बित राष्ट्रपति युनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
यसपछि उनका विरोधीले राजधानी सियोलमा खुसियाली मनाइरहेको बीबीसीले जनाएको छ।
अर्कातर्फ युनका समर्थक भने आक्रोशित भएका छन्।
‘हामीलाई धेरै रिस उठेको छ’, युन सुक योलका एक समर्थकले भने।
पक्राउपछि राष्ट्रपति युनले पनि भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको दाबी गरेका छन्।
दक्षिण कोरियाको इतिहासमा राष्ट्रपति पक्राउ परेको यो पहिलोपटक हो।
96
Shares

प्रतिक्रिया