युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई युद्धबन्दीका रूपमा नियन्त्रणमा लिएको दाबी गरेका छन्।
उनले शनिबार बताएअनुसार दुवै सैनिकलाई ‘आवश्यक चिकित्सा सहायता’ दिइँदै छ। उनीहरू दुवैलाई युक्रेनको राजधानी किभमा रहेको युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा राखिएको छ।
युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेकामा युक्रेनी सेनालाई धन्यवाद दिएका छन्।
उनले भने, ‘यो सजिलो काम थिएन।’
जेलेन्स्कीकाे दाबीअनुसार रुसी र उत्तर कोरियाली सेनाले ‘युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको प्रमाण मेटाउन’ सामान्यतया घाइते उत्तर कोरियालीहरूलाई मार्छन्।
युक्रेनको गुप्तचर सेवाले विज्ञप्तिमा बताएअनुसार ती दुई उत्तर कोरियाली सैनिकलाई यही जनवरी ९ मा पक्राउ गरिएको हो।
Shares

प्रतिक्रिया