एक सय वर्षमा दिवंगत भएका पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको अन्तिम बिदाइ आयोजना गरिएको छ।
वासिङ्टन नेसनल क्याथेड्रलमा आयोजित समारोहमा राष्ट्रपति जो बाइडेन सहभागी भएका छन्।
यसअघि उनको शव संसदमा थियो।
सो समारोहमा कार्यभार सम्हाल्ने तयारी गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यू बुस र बाराक ओबामा पनि उपस्थित भएका छन्।
यसअघि यी सबै हस्तीहरु २०१८ मा जर्ज एचडब्ल्यू बुसको अन्तिम संस्कारमा एकै ठाउँमा भेला भएका थिए।
५ खेप नेपाल आएका कार्टर, जसले भारततिर संकेत गर्दै राजा वीरेन्द्रलाई दिएनन् भूराजनीतिक साथ
यसपछि कार्टरको शव वासिङ्टनबाट आफ्नै गृहनगर जर्जियाको प्लेन्स पुर्याइनेछ। जहाँ उनको शवको सद्गति गरिनेछ। एजेन्सी
87
Shares

प्रतिक्रिया