सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ। सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक प्लस डेकोरका माइक्रोवेव ओभन किन्दा कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन्।
साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको कम्पनीले जनाएको छ। जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ।
यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ।सी जी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफ बाट यो कक्षा सञ्चालन भैरहेको कम्पनीको भनाई छ।
अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काँकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी डिजिटल लगायत एल जी को डिलरहरुमा यो कुकिङ्ग कक्षा यही पुस २५ गते देखि माघ ११ सम्म चलिरहेको छ।
सीजी डिजिटलका सेफ धन बाहादुर बस्नेतले भने, ‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं। यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।’
कम्पनीका अनुसार प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ।
सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुर्याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ। ग्राहकहरूले एलजी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक प्लस डेकोरका माइक्रोवेव ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।
यो निशुल्क कुकिङ्ग कक्षा मा सहभागिता हुन आफ्नो नाम र ठेगाना सहित ९८०१९०८९४९ मा सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ।
Shares

प्रतिक्रिया