ग्लोबल


अमेरिकामा भीषण हिमआँधी, ७ राज्यमा आपत्‌काल घोषणा

राजमार्ग बन्द, सयौँ उडान रद्द
अमेरिकामा भीषण हिमआँधी, ७ राज्यमा आपत्‌काल घोषणा

अमेरिकामा पछिल्लो दशकयताकै सबैभन्दा ठूलो हिमआँधी आएको छ। जसका कारण भीषण हिमपात भएको बीबीसीले जनाएको छ।


नेपालखबर
पुस २२, २०८१ सोमबार ८:३४, काठमाडौँ

अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्‌काल घोषणा गरिएको छ ।

बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्‌काल घोषणा गरेका छन्।

भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ।

सयौँ उडान रद्द गर्नुपरेको छ भने विद्यालयहरू बन्द गरिएका छन्।

हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। सयौँ उडान प्रभावित भएका छन् भने सडक अवरुद्ध भएका छन्।

भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ।

हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ।

कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्च हिमपात देखेको छैन।’

अमेरिकामा पछिल्लो एक दशकयताकै उच्च हिमपात र कम तापक्रम देखिएको छ।

अमेरिकी मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने सम्भावना रहेको जनाएको छ। 

सोमबारदेखि स्थितिमा सुधार आउने अपेक्षा गरिएको छ।

वासिङटन डीसी र फिलाडेल्फियालगायत धेरैवटा ठूला सहरमा भारी हिमपात हुने सम्भावना छ।

कतिपय क्षेत्रमा १० इन्चभन्दा बढी हिमपात भएको छ।

हिमपातका कारण दुर्घटना भएका खबर पनि आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad