ग्लोबल


रुसको कुर्स्कमा युक्रेनी सेनाले थाल्यो नयाँ आक्रमण

रुसको कुर्स्कमा युक्रेनी सेनाले थाल्यो नयाँ आक्रमण

नेपालखबर
पुस २१, २०८१ आइतबार २०:१७,

रुसको कुर्स्क क्षेत्रमा युक्रेनले नयाँ आक्रमण थालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। 

एक वक्तव्य जारी गर्दै मन्त्रालयले आक्रमणकारी युक्रेनी समूहलाई नष्ट गर्ने प्रयास भइरहेको जनाएको छ। युक्रेनी अधिकारीहरूले पनि सैन्य कारबाही चलिरहेको बताएका छन्।

युक्रेनले गत अगस्टमा कुर्स्कमा पहिलोपटक आक्रमण गरेको थियो। त्यसबेला करिब १ हजार वर्गकिमि क्षेत्रफल कब्जा गरेको युक्रेनी सेना पछिल्लो समय पछि हट्दै गएको थियो। 

तर, रुसी सेनाले उनीहरूलाई आफ्नो भूमिबाट पूर्णरूपमा निकाल्न भने सकेको थिएन।

‘मस्कोको समयअनुसार बिहानको ९ बजेतिर कुर्स्कको दिशामा रुसी सैनिकहरूको अग्रतालाई रोक्न दुस्मनले प्रत्याक्रमण सुरु गरेको छ,’ रुसी रक्षा मन्त्रालयले भनेको छ।

तर, सो आक्रमण कत्रो हो भन्ने स्पष्ट भइसकेको छैन।

युक्रेनी सेना जनशक्ति अभावले नराम्ररी प्रभावित भएको खबर आइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad