ग्लोबल


यो वर्ष चीनको तीव्र गतिको रेलमार्ग सञ्जाल ५० हजार किलोमिटर नाघ्ने

यो वर्ष चीनको तीव्र गतिको रेलमार्ग सञ्जाल ५० हजार किलोमिटर नाघ्ने

नेपालखबर
पुस १८, २०८१ बिहिबार २०:५८,

सन् २०२५ मा चीनको तीव्र गतिको रेलमार्ग सञ्जालले ५० हजार किलोमिटर नाघ्ने भएको छ। त्यस्तै यसबाट हुने आम्दानी १ ट्रिलियन युआनमाथि पुग्ने छ।

हाल चीनसँग ४८ हजार किमि लामो तीव्र गतिको रेलमार्ग सञ्जाल छ। यो वर्ष २ हजार ६ किलोमिटर रेलमार्ग थपिने चाइना रेलवेले बुधबार जनाएको छ। 

चीनले सन् २००८ मा पहिलो तीव्र गतिको रेलमार्ग खोलेको थियो। १७ वर्षभित्रै यति धेरै रेल सञ्जाल विस्तार हुनु सानो सफलता होइन।

चीनको सम्पूर्ण रेल सञ्जालको लम्बाइ १ लाख ६२ हजार किलोमिटर छ। जसमध्ये करिब ३० प्रतिशत हिस्सा उच्च गतिको रेलले ओगट्छ।

रेलमा चीनको लगानीलाई लिएर कतिपयले शंका गर्ने गरेका छन्। यसबाट नाफा नहुने र ऋणको बोझ बढ्ने विश्लेषण पनि भएका थिए। तर, गत वर्ष रेलबाट हुने आम्दानी २.७ प्रतिशतले बढेर ९९० अर्ब युआन पुगेको चिनियाँ रेलवेले जनाएको थियो। 

रेलमार्ग सञ्जालको विस्तारले आन्तरिक यात्रा सहज हुनुका साथै खर्च पनि घटाउने छ। यसका अलावा रेलको प्रविधि र निर्माण क्षमता निर्यातमा पनि सहयोग पुग्ने बताइएको छ।

त्यसका लागि चीनले जुलाईमा वर्ल्ड हाइस्पिड रेलवे कंग्रेस आयोजना गर्दैछ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad