ग्लोबल


युक्रेन हुँदै युरोप जाने रुसी ग्यास ठप्प, केही मुलुकलाई कठिनाइ पर्न सक्ने

युक्रेन हुँदै युरोप जाने रुसी ग्यास ठप्प, केही मुलुकलाई कठिनाइ पर्न सक्ने

नेपालखबर
पुस १७, २०८१ बुधबार १६:५९,

पाँच वर्षे सम्झौता अन्त्य भएसँगै युक्रेन हुँदै युरोप जाने रुसी ग्यासको आपूर्ति बन्द भएको छ। यसबाट कतिपय युरोपेली मुलुकहरूलाई समस्या पर्ने देखिएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब युक्रेनले रुसलाई ‘हाम्रो रगतबाट अर्बौं डलर कमाउन नदिने’ बताए।

पोल्यान्डले पनि आपूर्ति रोकिनु रुसविरुद्धको अर्को एउटा विजय भएको बताएको छ।

ईयू आयोगले भने यो परिवर्तनका लागि आफूहरू तयार भएको बताएको छ। ईयूको सदस्य नरहेको मोल्दोभामा भने अभाव सुरु भइसकेको छ।

रुसले अझै हंगेरी, टर्की र सर्बियमा भने तुर्कस्ट्रिम पाइपलाइनबाट ग्यास पठाइरहेको छ।

रुसी कम्पनी गाजप्रोमले बुधबार विबहान ८ बजेबाट युक्रेन हुँदै युरोप जाने इन्धन आपूर्ति रोकिएको पुष्टि गरेको छ।

रुसले युक्रेन हुँदै १९९१ देखि युरोपलाई ग्यास पठाउँदै आएको थियो।

यसबाट तत्कालका लागि ठूलो असर नपरे पनि यसको रणनीतिक र प्रतीकात्मक प्रभाव भने ठूलो पर्नेछ।

रुसले एउटा महत्त्वपूर्ण बजार गुमाएको छ तर राष्ट्रपति भ्लादिमिर पुटिनले ईयू मुलुकहरूले दुःख पाउने बताएका छन्।

युक्रेन युद्ध सुरु भएयता युरोपेली मुलुकहरूले रुसी ग्यासमा निर्भरता घटाएका छन्। तर, अझै पूर्वी युरोपका कयौँ मुलुक रुसमै निर्भर छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad