ग्लोबल


केजरीवालको दाबी- मुख्यमन्त्री आतिशीलाई गिरफ्तार गरिँदै छ

केजरीवालको दाबी- मुख्यमन्त्री आतिशीलाई गिरफ्तार गरिँदै छ

संयुक्त पत्रकार सम्मेलनमा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल र दिल्लीकी मुख्यमन्त्री आतिशी


नेपालखबर
पुस १०, २०८१ बुधबार १३:३४, काठमाडौँ

आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीकी मुख्यमन्त्री तथा पार्टी नेता आतिशीलाई आगामी दिनमा पक्राउ गरिने दाबी गरेका छन्।

केजरीवाल र मुख्यमन्त्री आतिशीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री आतिशीलाई झुटो मुद्दा लगाएर पक्राउ गर्ने षड्यन्त्र भइरहेको दाबी केजरीवालले गरेका हुन्। 

केजरीवालले भने, ‘तीन/चार दिनअघि मात्रै हामीले हाम्रो स्रोतबाट थाहा पायौँ कि ईडी, आयकर विभाग र सीबीआईको बैठक भएको छ, त्यसमा माथिबाट आदेश आएको छ कि दिल्लीको मुख्यमन्त्री आतिशीलाई नक्कली मुद्दा दायर गरेर पक्राउ गर्नू।’

उनले दिल्लीमा भाजपा हार्न लागिरहेको, उसले दिल्लीका जनताको लागि केही नगरेको, भाजपामा मुख्यमन्त्री हुने कुनै अनुहार नभएको टिप्पणी गरे। 

‘दुई-तीन दिनअघि हामीले दुईवटा योजना घोषणा गर्‍यौँ। त्यसमा हामीले महिलालाई २१ सय रुपैयाँ र वृद्धवृद्धालाई सञ्जीवनी योजना दिने घोषणा गरेका थियौँ। यसले भाजपालाई निराश बनाएको छ’, केजरीवालले भने। 

बुधबार दिल्लीको स्वास्थ्य र महिला तथा बाल विकास विभागले आम आदमी पार्टीका यी दुवै योजनाविरुद्ध नोटिस जारी गर्दै यस्ता कुनै योजना सूचित नगरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad