रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वर्षान्तमा गरेको प्रश्नोत्तर कार्यक्रम ४ घण्टा ३१ मिनेटमा समाप्त भएको छ।
प्रश्नोत्तरको अन्त्यतिर उनलाई सोधियो, यो युद्धका क्रममा तपाईंले आफैँबारे के थाहा पाउनुभयो?
‘अहिले म निकै कम मजाक गर्छु,’ पुटिनले जवाफ दिए।
दर्शकदीर्घामा बसेका एकजनाले उनलाई फेब्रुअरी २०२२ मा फर्किन पाए के अलग गर्नुहुन्थ्यो भनेर सोधे। सो मितिमा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो।
यद्यपि उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी गरे।
प्रश्नोत्तरमा उनले आफू युक्रेनसँग सम्झौताका लागि तयार भएको, डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताए।
सिरियामा बसर अल असदको पतन रुसको हार नभएको पनि उनको भनाइ थियो।
‘अहिले जे भइरहेको छ, त्यो थाहा पाइसकेपछि त २०२२ मा फर्किंदा मैले आक्रमणको निर्णय निकै पहिले लिनुपर्ने रहेछ भन्ने सोच्थेँ,’ पुटिनले भने, ‘त्यसका लागि हामीले तयारी पहिले नै थाल्नुपर्थ्यो।’
Shares

प्रतिक्रिया