कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्वाचित पत्रकारहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका छन्। बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका हुन्।
मुख्यमन्त्री कँडेलले नवनिर्वाचित पत्रकारहरूसँग परिचात्मकसँगै पत्रकारहरूको रचनात्मक सुझावले सरकारका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धाराण राखे।
बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री कँडेलले सरकारका कामलाई प्रभावकारी बनाउन रचनात्मक सुझावको लागि आग्रह गरे। गणतन्त्र ल्याउनका लागि अग्रणी भूमिका खेल्ने मध्यको एउटा संस्था पत्रकार महासंघ भएको बताउँदै उनले अहिलेको व्यवस्थालाई सफल बनाउनका लागि पत्रकारहरूको पनि निरन्तर खबरदारीसँगै रचनात्मक भूमिका आवश्यक हुने बताए।
यस्तै, मुख्यमन्त्री कँडेलले समाजलाई परिवर्तनसँगै विकास र समृद्धिका लागि सरकारसँगै नागरिक समाज संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुने बताए।
उनले भने, ‘प्रेस सधै रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमीकमजोरीहरू, ध्यान नदिएका विषयहरूमा मिडियाको स्वस्थ्य र रचानात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुन्छ। मिडियाको खबरदारीले सरकार सञ्चालन प्रभावकारी बन्छ।’
मुख्यमन्त्री कँडेलले आमसञ्चार विधयेकको काम अगाडी बढाइएको उल्लेख गर्दै त्यसमा पत्रकार महासंघकोतर्फबाट सुझाव दिन आग्रह गरे। साथै उनले सञ्चार क्षेत्रको विकास र प्रर्वद्धनका लागि कर्णाली सरकारले आफनो क्षमता अनुसारका लोककल्याण्कारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिवृद्धि जस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी सञ्चालनको लागि महासंघले सहजीकरण गर्न अनुरोध गरे।
Shares

प्रतिक्रिया