ग्लोबल


जेलेन्स्कीको टिप्पणीः असद त पुटिनतिर भागेछन्, तर पुटिन कहाँ भाग्लान्?

जेलेन्स्कीको टिप्पणीः असद त पुटिनतिर भागेछन्, तर पुटिन कहाँ भाग्लान्?

फाइल तस्बिरः बायाँबाट क्रमशः असद, पुटिन र जेलेन्स्की


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार २१:४३, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सिरियाका राष्ट्रपति बसर अल असद रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकहाँ भागे पनि पुटिनचाहिँ कहाँ भाग्लान् भनी टिप्पणी गरेका छन्। 

बीबीसीका अनुसार उनले भनेका छन्, ‘बहादुर’ असद पुटिनतिर भागेछन्, तर पुटिन कहाँ भाग्लान्?’ 

सामाजिक सञ्जाल एक्समा जेलेन्स्कीले  यस वर्ष मानवअधिकार दिवसमा सिरियाका जेल र यातना शिविरबाट बाहिर आएका तस्बिर हृदयविदारक रहेको उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘उनीहरूलाई असद भागेपछि रिहा गरियो। यहाँ धेरै वर्षदेखि मानिसलाई अपमानित गरिएको थियो। जसमा पुरुषसँगै महिला पनि छन्। उनीहरूलाई कुटपिट, यातना र बलात्कार गरियो। हजारौँ मानिस यस हिंसाको कारखानाबाट गुज्रिए।’

जेलेन्स्कीले असदको सरकार दशकौँदेखि हिंसामा निर्भर रहेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘पुटिन समर्थित शासन यस्तै देखिन्छ। हामीले हाम्रो क्षेत्रमा रुसी आक्रमणकारीले कब्जा गरेका प्रत्येक ठाउँमा यस्तै जेल र यातना शिविर देखेका छौँ।’ 

जेलेन्स्कीले पुटिनजस्तो तानाशाहबिना असदजस्तो तानाशाह बाँच्न नसक्ने टिप्पणी पनि गरेका छन्। साथै उनले पुटिनले असदको हारको बदला लिने प्रयास गर्ने दाबी पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad