अमेरिकाले सिरियामा भएको घटनाक्रमबारे प्रतिक्रिया दिएको छ।
ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेका ‘अनपेक्षित घटना’को निगरानी गरिरहेको बताएको हो।
यसैबीच सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमा राखिएको सन्देशमा उनले भनेका छन्, ‘सिरिया आफ्ना छिमेकी र विश्वका अन्य देशसँग राम्रो सम्बन्ध राख्ने साझा राष्ट्रजस्तै बन्न सक्छ।
अर्को समाचारमा विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा सिरियाको सबैभन्दा ठूलो सहर देइर अजोरमा सरकारी सेनाले उनीहरूसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ।
159
Shares

प्रतिक्रिया