काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) को पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो।
लुम्बिनीले आज अघिल्लो खेलबाट तीन खेलाडी परिवर्तन गरेको छ।
सूर्य तामाङको स्थानमा आशुतोष घिरैया, दिनेश अधिकारीको स्थानमा अविशेष गौतम र उन्मुक्त चन्दको स्थानमा वेन कटिङ सुरुवाती ११ मा आएका छन्।
जनकपुरले भने अघिल्लो खेलबाट एक खेलाडी मात्र परिवर्तन गरेको छ। तुलबहादुर थापाको स्थानमा शेर मल्ल आएका छन्।
लुम्बिनी लायन्सः
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेस गुप्ता, अविशेष गौतम, वेन कटिङ, टोम मोरिस, साद विन जफर, रामोन सिमोन्डस
जनकपुर बोल्ट्स
दुई टोलीबीच अहिले बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ।
Shares

प्रतिक्रिया