अविश्वास प्रस्तावका कारण फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको सरकार ३ महिनामै ढलेको छ।
उनीविरुद्ध संसद्मा पेस अविश्वासको प्रस्ताव बुधबार भारी बहुमतले पारित भएको हो।
सन् १९६२ पछि फ्रान्सेली सरकार अविश्वास प्रस्तावका कारण पतन भएको यो पहिलोपटक हो।
सोमबार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए।
प्रधानमन्त्री बर्नियरले आफ्नो बजेट बिनामतदान पारित गराउन विशेष शक्ति प्रयोग गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।
तीन महिनाअघि प्रधानमन्त्री बनेका मिचेल बार्नियरले आज राजीनामा दिने सम्भावना रहेको बीबीसीले जनाएको छ।
159
Shares

प्रतिक्रिया