ग्लोबल


पद नसम्हाल्दै ट्रम्पले थाले कूटनीतिक अभ्यास, फ्रान्स भ्रमण गर्ने

पद नसम्हाल्दै ट्रम्पले थाले कूटनीतिक अभ्यास, फ्रान्स भ्रमण गर्ने

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १७:१९,

अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेका डोनाल्ड ट्रम्पले कार्यकाल सुरु नगर्दै विदेश भ्रमण थाल्ने भएका छन्। यसै साताको अन्त्यमा उनले फ्रान्सको पेरिस भ्रमण गर्ने भएका छन्। 

पाँच वर्षअघि आगलागीबाट क्षतिग्रस्त भएको नोट्रे ड्याम क्याथेड्रलको उद्घाटनमा उनी जाने भएका हुन्। 

शनिबार हुने सो समारोहमा उनलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले निम्त्याएका छन्। ट्रम्पले आफू पेरिस जाने स्पष्ट पारेका छन्।

ट्रम्पको अघिल्लो कार्यकालमा पनि म्याक्रोँले उनको खुब खातिरदारी गरेका थिए। वास्तवमा फ्रान्सको बास्टिल डेको परेडमा सहभागी भएर अमेरिका फर्केपछि ट्रम्पले स्वतन्त्रता दिवसको अवसरमा अमेरिकामा पनि परेड आयोजना गर्ने चाहना व्यक्त गरेका थिए।

यसपटक राष्ट्रपति नबन्दै पेरिस आउने ट्रम्पको सत्कारमा म्याक्रोँले कुनै कसर नछाड्ने विश्लेषण भइरहेको छ।

त्यस्तै उनको विदेश भ्रमणले जनवरी २० सम्म ट्रम्प ह्वाइट हाउस प्रवेश नगरे पनि सत्ता भने चाँडै उनी मातहत सर्न थालेको देखाएको कतिपयको भनाइ छ।

यतिबेला फ्रान्स आफैँ भने राजनीतिक कठिनाइसँग जुधिरहेको छ। फ्रान्समा प्रधानमन्त्री माइकल बार्नियरको सरकार ढल्ने निश्चित छ। उनीविरुद्ध चरम दक्षिणपन्थी र वामपन्थी दुवै खेमाका दलहरुले अविश्वासको प्रस्ताव ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad