अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएकामा प्रतिक्रिया दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत बाइडेनले छोरालाई माफी दिलाउनु ‘न्यायको दुरुपयोग’ भनी टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘जो बाइडेनले हन्टरलाई दिएको माफीमा वर्षौंदेखि जेलमा रहेका जनवरी ६ का कैदीहरू पनि छन्? यो न्यायको स्पष्ट दुरुपयोग हो।’
अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरलाई दुई आपराधिक मुद्दामा माफी दिएका छन्।
उनका छोरा हन्टर बाइडेनलाई कर छली र अवैध बन्दुक राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।
171
Shares

प्रतिक्रिया