सुदूरपश्चिम


सुदूरपश्चिमका ४ वडा अध्यक्षको मत गणना सुरु हुँदै

सुदूरपश्चिमका ४ वडा अध्यक्षको मत गणना सुरु हुँदै

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २०:१, कञ्चनपुर

सुदूरपश्चिमका ४ वडाको अध्यक्षको मत गणना सुरु गर्ने तयारी गरिएको छ। बझाङ, दार्चुला, डोटी र कञ्चनपुरका एक÷एक वडामा मतदान सम्पन्न भएपछि बसेको सर्वदलीय बैठक सकिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षको मतगणना साढे ८ बजेदेखि सुरु गर्ने भएको छ। भीमदत्त नगरपालिका–६ मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने छ।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको मत गणना ८ बजेदेखि सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। मतदानस्थल रहेको सुर्मा माध्यमिक विद्यालयमा मत गणना गर्ने व्यवस्था मिलाइएको छ।

डोटीको पूवीचौकी गाउँपालिका–६ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। मत गणनाको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

वडा कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गरिने छ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। त्यहाँ पनि ८ बजेभित्र नै मतगणना सुरु गरिँदैछ।

वडा कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad